दार्जिलिङ: हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवर्डले लेहमा धर्ना, अनशन र शान्तिपूर्ण र प्रजातान्त्रिक आन्दोलनको ६८ दिने पहिलो चरणको अन्तिम दिन सोनम वाङ्गछुकलाई भेटे गरेका छन्। उक्त भेटघाटपछि हाम्रो पार्टीको तर्फबाट प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएका छन्। प्रेस विज्ञप्तिमा हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवर्डले भनेका छन् – ‘लद्दाखको जनताको छैटौं अनुसूचीको संवैधानिक मांगलाई समर्थन गर्दै आन्दोलन स्थलमा एक बद्धतामा उभिएँ। उहाँ हाम्रो जस्तै कारणको लागि लडिरहेको हुनाले म उहाँसंग त्यहाँ हुन रोजे। म हाम्रा जनता र क्षेत्रको आकांक्षाप्रति प्रतिबद्ध छु।’
उनले अझ भनेका छन् -‘मैले न्याय नपाएसम्म उहाँ र लद्दाखकीको साथमा सधैं उभिने छु भने। दिल्लीमा नयाँ सरकार गठन भएपछि लद्दाखी र गोर्खाहरूको अगाडिको बाटो स्पष्ट हुनेछ।’