झाप : सुनसरी जिल्लाको कोशी गाउँपालिका वार्ड नम्बर ८ स्थित रहेका सीमा स्तम्भको अवस्थाको बारेमा अनुगमन गरिएको छ। कोशी गाउँपालीका वडा नम्बर ८ स्थित रहेको सशस्त्र पुलिस बल नेपाल बिओपी प्रस्तावित गुल्मका इन्चार्ज डिएसपी संतोष अधिकारीको नेतृत्वमा सीमा अनुगमन समितिको बैठक बसी सीमा स्तम्भ चौरी पैठारी नियन्त्रण, लागूऔषध नियन्त्रण, विपद व्यवस्थापन, सूचना आदानप्रदान लगायतको विषयमा छलफल गरी ४५औं बटालियन अन्तर्गत रहेका भारतीय एसएसबी, सशस्त्र पुलिस, नेपाल पुलिस, जनप्रतिनिधि, मानव अधिकारकर्मी, संचारकर्मीको सहभागितामा सीमा स्तम्भको अनुगमन गरिएको हो। छलफलका सीमा क्षेत्रमा कुनै समस्या भएमा सर्वपक्षीय सहयोगबाट देखिएका समस्या समाधान गरिने समझदारी गरिएको छ।