स्ववियु सभापतिमाथि चिर्पट प्रहार

IMG-20240511-WA0213.jpg

झापा: मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा रहेको सुकुना बहुमुखी क्याम्पसका स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) सभापति सन्तोष लिम्बूमाथि शुक्रबार साँझ चिर्पट प्रहार भएको छ। मोरङ पुलिसका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार लिम्बूमाथि क्याम्पसको गेटनजिकै चिर्पट प्रहार भएको हो ।चिर्पट प्रहारबाट घाइते भएका लिम्बूको अहिले विराटनगरको आर्या न्युरो अस्पतालमा उपचार भइरहेको बताईएको छ। लिम्बुलाई सोही क्याम्पसका अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) अध्यक्ष योगेश दाहालले चिर्पट प्रहार गरेको डीएसपी बस्नेतले बताए। अवस्था मध्यम रहे पनि उनको टाउकोमा १० टाँका लगाइएको बताईएको छ।शुक्रबार साँझ उनीमाथि (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) अध्यक्ष योगेश दाहालले आक्रमण गरेको भन्ने जानकारी आएको छ, डीएसपी बस्नेतले भने,’आक्रमणकरी चिर्पट प्रहार गरेर भागेको छ अहिले उनको खोजीकार्य जारी छ।’ घटनामा प्रयोग गरिएको भनिएको चिर्पट भने हालसम्म पुलिसले फेला नपरेको उनले बताए। पुलिसले उनको खोजी तीव्र पारेको जनाएको छ। क्याम्पस परिसरभित्र विद्यार्थीहरुले क्रिकेटको अभ्यास गरिरहेका बेला दुई पक्षबीच विवाद भएको थियो। सोहि विवाद हुँदा उनीमाथि चिर्पट प्रहार भएको थियो। यता, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एक बिज्ञप्ति जारी गर्दै सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसको मैदानमा खेल खेल्ने क्रममा बिधार्थीहरुका बीचमा भएको विवाद साम्य पार्न गएका हाम्रो संगठनका स्थायी कमिटी सदश्य तथा सो क्याम्पसका स्ववियु सभापति सन्तोष लिम्बुमाथि एक आततायी समूहबाट आक्रमणको हाम्रो गम्बीर ध्यानाकर्षण भएको जनाएको छ। खेलाडी बिधार्थीहरुका बीचमा उत्पन्न विवाद समाधान गर्न जाने क्रममा एमाले निकट अनेरास्ववियुका क्याम्पस कमिटी अध्यक्ष योगेश दाहालको समूहले पछाडीबाट चिर्पट प्रहार गरी उनलाई घाइते र अहिले उपचाररत रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ। प्रशासनले घटनामा संग्लन सबै व्यक्तिहरुमाथि यथाशीग्र कारबाही गर्न ढिलाई नगर्न आग्रह गर्दै दोषीलाई कारबाही अगाडी नाबढाउदा उत्पन हुने परस्थितिको प्रशासन स्वयम नै जिम्मेवारी लिनुपर्ने बिज्ञप्तिमा भनिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement