चिनियाँ अभिनेतृ डायना फङ काठमाडौंमा

IMG-20240511-WA0214.jpg

झापा: फिल्मसहितका सम्भावित लगानीको क्षेत्र खोज्दै चर्चित चिनियाँ अभिनेतृ डायना फङसहितको टोली यतिबेला नेपाल भ्रमणमा छ। सिल्करोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसन (सिको) नामक व्यवसायिक संस्थाको निम्तोमा बुधबार आइपुगेको टोली आज शनिबार राती स्वदेश फर्कने कार्यक्रम छ। संस्थाकी नेपाल प्रतिनिधि सपना दाहालका अनुसार फङको सो भ्रमण टोलीले शुक्रबार प्रधानमन्त्रीका सल्लाहकारहरु, लगानी बोर्डका अधिकारीसँग भेट गर्दै सम्भावित लगानीका बिषयमा छलफल गरेको छ। फिल्म निर्माणमा समेत संयुक्त लगानीमा सहकार्य गर्न फङले रुचि देखाएको सिकोकी प्रतिनिधि दाहालले बताएकि छिन। यही उद्देश्यले अभिनेतृ फङ र चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीबीच शुक्रबार लाजिम्पाटस्थित होटल एम्बेसडरमा छलफल भएको थियो।भेटबारे कुरा गर्दै अध्यक्ष केसीले नेपाली फिल्ममा लगानीबारे छलफल भएको बताए। ‘उनीहरुले मिल्यो भने नेपाली फिल्ममा ज्वाइन्ट भेन्चर गर्न सकिनेबारे बताए फङसँगको भेटबारे अध्यक्ष केसीले भने, ‘सहकार्य हुन सके नेपाल ठूलो फिल्म बजार हुनसक्ने र सांस्कृतिक आदानप्रदानमा समेत सजिलो हुने उनको भनाई थियो।’ व्यवसायी समेत रहेकी अभिनेतृ फङले नेपालको ऊर्जा र फोहोर ब्यवस्थापनमा समेत चासो देखाइन। ‘उनी सँग व्यक्तिगतरुपमा मैले चिनेको ४–५ वर्ष भयो, मेरै पहलमा उनलाई ल्याएकी हुँ’ दाहालले भनिन , ‘फङ नेपालको फिल्ममा लगानी गर्न इच्छुक छिन।’ यी चर्चित चिनियाँ अभिनेतृले ६० भन्दा बढी चिनियाँ फिल्म र टेलिभिजन सिरिजमा अभिनय गरिसकेकी छिन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement