खरसाङ: देशको प्रसिध्द कालीदास बाबा महाराज खरसाङ आउने भएको छ। देशको प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह लगायतका ठूल्ठाला राजनैतिक नेतृत्वहरू साथै वरिष्ठ पूजारी श्री श्री एक हजार आठ कृष्णानन् कालिदास परमहंस महाराज बाबा आगामी १५ मईको दिन खरसाङ आउने भएको जानकारी प्राप्त भएको छ। उनी खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर १९ को श्री श्री सातकन्या देवी एवं माँ कत्यायनी धाम मन्दिरको आयोजनामा भईरहेको नौ दिवसीय पूजाको पहिलो दिन उदघाटन समारोहमा उपस्थित रहने जानकारी मन्दिर निर्माण समितिको महासचिव हेमन्त दर्नाल र कोषाध्यक्ष रमेश प्रसादले जानकारी गराएका छन्। दुवैले बताए अनुसार श्री एक हजार आठ कृष्णानन् कालिदास परमहंस महाराज बाबा श्री श्री सातकन्या देवी एवं माँ कत्यायनी धाम मन्दिरको नौ दिवसीय पूजा अन्तर्गत पहिलो दिनको पूजामा सामेल हुनेछन्। उनको बाहुलीबाट नै नौ दिवसीय पूजाको उदघाटन गरिने जानकारी प्राप्त भएको छ। श्री श्री एक हजार आठ कृष्णानन् कालिदास परमहंस महाराज बाबा कामाख्या माताको साधु रहेको जानकारी गराउँदै उनी राष्ट्रिय र अन्तर्राष्ट्रीय व्यक्तित्व र पुजारी रहेको कोषाध्यक्ष रमेश प्रसादले बताएका छन्। उनले बताए अनुसार कालीदास महाराज बाबाको मुख्य आश्रम हरियाणाको रोतक जिल्ला अन्तर्गत साँपला भन्ने स्थानमा रहेको अर्को आसामको तीन सुखिया जिल्लामा पनि ध्यान केन्द्र रहेको जानकारी गराएका छन्।

बाबाको भारतभरिमा ३०० वटा आश्रमहरू रहेको जानकारी गराएका छन्। उनी विगत १९८५ सालदेखि अन्नबिना नै दिनमा चारवटा नरिवलको पानी पिएर जिउँदो रहेको जानकारी पनि कोषाध्यक्ष रमेश प्रसादले दिएका छन्। उनले उक्त महाराज बाबाको उपस्थितिमा नौ दिवसीय पूजाको पहिलो दिन उनकै बाहुलीबाट उदघाटन गरिने जानकारी पनि दिएका छन्। यस अवसरमा उनले सबै भक्तजनलाई उपस्थित भईदिने आह्वान् पनि गरेका छन्।