खरसाङ: खरसाङको वार्ड नम्बर १९ अन्तर्गत उजेरी बस्तीमा अवस्थित श्री श्री सातकन्या देवी एंव माँ कात्यायनी धाम मन्दिरमा 38 औं नौ दिवसीय चण्डी महायज्ञ एंव लक्ष आहुति यज्ञ अनुष्ठान सम्पन्न हुने भएको छ। आगामी १५ मईदेखि २३ मई २०२४ सम्म नौ दिवसीय चण्डी महायज्ञ पूजा हुने भएको छ। उक्त नौ दिवसीय पूजा विषयमा आज श्री श्री सातकन्या देवी एवं माँ कत्यायनी धाम पूजा समितिद्वारा पत्रकार सम्मेलन बोलाएर विस्तृत जानकारी गराउँदै यस नौ दिवसीय पूजा अन्तर्गत पहिलो दिन कलश यात्रा, मण्डप पूजन, मूल चण्डी पूजा पाठ, दुर्गा सप्तशती कथा वाचन, रूद्राभिषेक, माँ कात्यायनी विशेष पिमाम्बरी श्रृंगार, लाख दिप प्रज्वलन, ८४ व्यञ्जन भोग, ६४ योगिनी पूजा, कुमारी पूजा, लक्ष हवन पूर्णावती, अारती पुष्पाञ्जली, भजन सन्ध्या आदि आयोजना गरिने भएको जानकारी गराइएको छ। उक्त नौ दिवसीय पूजाको पहिलो दिन उदघाटन समारोहमा श्री श्री एक हजार आठ कृष्णानन् कालिदास परमहंस महाराज बाबाको विशेष उपस्थिति रहने भएको जानकारी प्राप्त भएको छ। उक्त नौ दिवसीय पूजा आयोजना विषयमा पत्रकार सम्मेलन बोलाएर श्री श्री सातकन्या देवी एवं माँ कत्यायनी धाम पूजा समितिको सभापति राजेन प्रधान र सचिव सन्तोष पहरी साथै श्री श्री सातकन्या देवी एवं माँ कत्यायनी धामको मन्दिर निर्माण समितिको सभापति बिक्रम प्रधान र महासचिव हेमन्त दर्नाल लगायत अन्यहरू उपस्थित भएका थिए। यस नौ दिवसीय पूजा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै मन्दिर निर्माण समितिको महासचिव हेमन्त दर्नालले श्री श्री सातकन्या देवी एवं माँ कत्यायनी धाम मन्दिर खरसाङको सबैभन्दा पुरानो मन्दिर रहेको र यहाँ धेरै पुस्तादेखि पूजा आयोजना गर्दै आइरहेका छौं र यसै क्रममा यसपाली ३८औं पूजा नौ दिवसीय रूपमा आयोजना गरिएको जानकारी गराएका छन्। उनले गत वर्ष ३७औं वार्षिक पूजामा जीटीए प्रमुख अनित थापा आएर मन्दिरसम्म आई पुग्ने बाटोको निर्माण गरिदिएको यो निर्माण कार्य चलिरहेको अनि चाढ़ै निर्माण कार्य पूरा हुने आशा रहेको बताउँदै बाटोको लागि जीटीए प्रमुख अनित थापाप्रति मन्दिर निर्माण समितिको पक्षबाट आभार प्रकट गरेका छन्। उनले गत वर्ष सांसद राजु विष्ट पनि उपस्थित भएर ५० लाख रूपियाँ आवण्टन गरिएको र यो पनि चुनावपछि त्यसबाट कार्य हुने बताएका छन्।

पत्रकारहरूसित कुराकानी गर्दै श्री श्री सातकन्या देवी एवं माँ कत्यायनी धाम मन्दिर निर्माण समितिको कोषाध्यक्ष रमेश प्रसादले यस मन्दिरमा यसपाली नौ दिवसीय पूजा आयोजना गरिने र यसको पहिलो दिन कलश यात्रा निकालिने बताएका छन्। उनले बताए अनुसार नौ दिवसीय पूजा अन्तर्गत २० मईको दिन महाकात्यणीको जन्मोत्सव र महा आरती गरिने भएको छ। त्यसरी नै २३ मईको अन्तिम दिन हवनको पूर्वाती र कुमारी पूजा आयोजना गरिने साथै पूजाको प्रत्येक साँझ दुर्गा सप्त सदीको कथा वाचन र भजन कीर्तन गरिने जानकारी गराएका छन्। उक्त नौ दिवसीय पूजामा सबै सबैलाई उपस्थित भईदिने आह्वान् पूजा आयोजक समितिको पक्षबाट आह्वान् पनि गरिएको छ।