जयगाउँमा कफ सिरप सहित एकजना पक्राउ

IMG-20240511-WA0145.jpg

अलीपुरद्वार: जयगाउँ पुलिसले कफ सिरप सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गोप्य सुइँको पाएर शुक्रवार पुलिसले जयगाउँको बाऊ बजार इलाकाको एउटा घरमा छापामार अभियान चलाएर धेरै मात्रामा कफ सिरप उद्धार गरेको छ। उक्त घटनामा पुलिसले पेम्बा शेर्पा नाम गरेका एकजना व्यक्तिलाई पक्राउ गरेको छ।

पक्रा परेका आरोपीलाई आज अलीपुरद्वार अदालतमा पेश गरियो। जयगाउँ थाना पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको जानकारी दिएको छ।  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement