छोटा फापरी नेपाली प्राथमिक स्कुलमा हात्तीको हमला

IMG-20240511-WA0199.jpg

सिलगढी: सिलगढी संलग्न छोटा फापरी नेपाली प्राथमिक स्कुलमा हात्तीले फेरि हमला गर्दा स्कूलको खाना पकाउने घरको खिड़की भत्काइदिएको छ। प्राप्त जानकारी अनुसार जंगल नजिकैमा रहेकोले गर्दा यहाँ धेरैजसो समय जंगली हात्तीहरू आएर स्कुल तोडफोड गरिदिने गरेको बताइएको छ। शुक्रवार अबेर राति पनि हात्तीले फेरि छोटा फापरी नेपाली प्राथमिक स्कुलमा पसेर स्कूलको भान्सा कोठाको खिड़की भत्काइदिएको छ। घटना अवधि 3 जना कर्मचारी भान्सा कोठामा नै सुतिरहेका थिए तर हात्ती आएको थाहा पाउन साथ तिनीहरू भागरे आ-आफ्नो ज्यान बचाए।

स्मरण रहोस, यसभन्दा अघि पनि धेरैपल्ट हात्ती स्कुलमा पसेर तोडफोड गरिसकेको छ। हात्तीको यस प्रकारको उत्पातले गर्दा स्थानीय मानिसहरू आतङ्कित बन्न पुगेका छन्।  

About Author

Advertisement