वेतना सिमसारको छानविन समितिले बुझायो प्रतिवेदन

IMG-20240511-WA0181.jpg

झापा: मोरङको बेलबारी ४ मा रहेको वेतना सिमसार सामुदायिक वन उपभोक्ता समुहको अनियमितता बारे गठन गरिएको छानविन समितिले प्रतिवेदन बुझाएको छ। बेलबारी नगरपालिकाको पहलमा स्थानीय राजनैतिक दलहरुको प्रतिनिधित्व हुने गरी मनकुमार गुरुङको संयोजकत्वमा छानविन समिति बनेको थियो। समितिले छानविनको जिम्मेवारी पाएको तीन महिनामा प्रतिवेदन बुझाएको हो। बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईलाई समितिले प्रतिवदेन बुझाएको छ। स्थानीय राजनैतिक दल, नगरका उपप्रमुख, प्रमुखप्रशासकीय अधिकृत,वन कार्यालय, वन समुहका पदाधिकारीको उपस्थितिमा प्रतिवेदन बुझाएको हो। प्रतिवेदन आगामी जेष्ठ १५ गते हुने वन समुहको वन्द शत्रमा पेश हुने छानविन समितिका संयोजक मनकुमार गुरुङले बताए। वन समुहको निर्वाचन प्रक्रिया बारे जिल्ला अदालत मोरङमा परेको मुद्धाको विषयमा वैशाख ३१ गते पेशी रहेको छ। अदालतले निर्वाचन प्रक्रिया खारेज गरेमा नयाँ प्रक्रिया शुरु गर्ने र अदालतको कामकारवाही सरेर गएमा निर्वाचन समितिले गरेको कार्यलाई निरन्तरता दिने सहमति भएको छ। वेतना सिमसार सामुदायिक वनमा नौ नौ वर्ष देखि साधरणसभा हुन सकेको छैन । गत पुस १८ गते तोकिएको साधरणसभामा वन्द शत्र नगरी चुनाव गरिएपछि निर्वाचन प्रक्रियालाई उपभोक्ताहरुले अवरोध गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement