जलपाईगुडी: जलपाईगुडीमा दुईवटा सुनको चेन लुट्ने घटनामा पुलिसले ठूलो सफलता हात पारेको छ। चोरी गर्ने गिरोहलाई पुलिसले पक्राउ गरेको छ। उनको साथबाट चोरीको सुन पनि बरामद भएको छ। पुलिसले गोप्य स्रोतबाट सूचना पाएपछि आरोपीलाई गएराति पक्राउ गरेको हो। उनलाई कोतवाली पुलिस थानामा ल्याइयो। हालै जलपाईगुडी शहरको मुहुरीपारा र नेताजीपारा क्षेत्रमा महिलाको घाँटीबाट सुनको चेन लुटिएको थियो ।घटनाको अनुसन्धानका क्रममा पुलिसले अभियुक्तलाई पक्राउ गरी उनको साथबाट पगालिएको सुन बरामद गरेको छ। घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद भएको छ। स्रोतका अनुसार अभियुक्तले सोधपुछका क्रममा अपराध स्वीकार गरेको छ। पुलिसले अब यस घटनामा को संलग्न छ भनेर पत्ता लगाउने प्रयास गरिरहेको छ।