टी२० वर्ल्ड कपको टीममा स्थान नपाएपछि कलिन मनरोद्वारा सन्न्यासको घोषणा

IMG-20240511-WA0161.jpg

वेलिंग्टन: न्यूजील्याण्डका आक्रामक ब्याटर कलिन मनरोले टी२० वर्ल्ड कपको निम्ति टीममा स्थान नपाएपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन्। मनरो गत चार सालदेखि केवल फ्रेञ्चाइजी क्रिकेट खेलिरहेका थिए। अहिले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए पनि उनले भविष्यमा फ्रेञ्चाइजी क्रिकेट खेल्न जारी राख्नेछन्। मनरोले स्वयंलाई वर्ल्ड कपको निम्ति उपलब्ध बताएका थिए। न्यूजील्याण्डका प्रशिक्षक ग्यारी स्टीडले केही दिन अघि टीमको घोषणा गर्दा मनरोको नामलाई लिएर चर्चा भए पनि उनले स्थान बनाउन नसकेको बताएका थिए। उनले २०२० पछि कुनै अन्तर्राष्ट्रिय म्याच खेलेका छैनन्। मनरोले भने, न्यूजील्याण्डको निम्ति अन्तर्राष्ट्रिय क्रिकेट खेल्नु मेरो करियरको सबैभन्दा ठूलो उपलब्धि रहेको छ अनि यसमा मलाई सदा गर्व रहनेछ। मलाई फ्रेञ्चाइजी क्रिकेटको फर्मको साथ टीममा फर्किने आशा रहेको थियो तर यस्तो हुन सकेन। यसैकारण म आधिकारिक रूपले सन्न्यासको घोषणा गरिरहेको छु। उनले न्यूजील्याण्डको तर्फबाट एउटा टेस्ट, ५७ वटा वनडे र ६५ वटा टी२० अन्तर्राष्ट्रिय म्याच खेले। उनले वेष्ट इण्डिज विरुद्ध टी२० म्याचमा शतक पनि बनाएका थिए। उनले श्रीलंका विरुद्ध केवल १४ बलमा अर्द्धशतक बनाएका थिए, जुन राष्ट्रिय रेकर्ड हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement