हामी कुनै लक्ष्यबारे सोचिरहेका थिएनौः शुभमन गिल

IMG-20240511-WA0113.jpg

अहमदाबाद: आईपीएल २०२४-को ५९औं म्याचमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले पराजित गऱ्यो। यस जीतको साथै गुजरातको टीमले आईपीएलको प्लेअफ्-मा स्थान बनाउने सम्भावनालाई कायम राख्यो। चेन्नई अहिले १२ वटा म्याचमा १२ पोइण्ट्सको साथ आईपीएल टेबलको चौथो स्थानमा रहेको छ। यसरी आठौं स्थानमा रहने टाइटन्ससँग १२ वटा म्याचपछि १० पोइण्ट्स रहेको छ। म्याचमा पहिला ब्याटिंग गर्दै गुजरात टाइटन्सले २० ओभरमा ३ विकेट गुमाएर २३१ रनको विशाल स्कोर बनाएर पछिबाट चेन्नईलाई ८ विकेटमा १९६ रनको स्कोरमा रोक्यो। शतकको साथ टीमलाई जीत दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गुजरात टाइटन्सका कप्तान शुभमन गिलले म्याचपछि भने, हाम्रो मनमा कुनै लक्ष्य थिएन। हामी प्रत्येक ओभर र अवसरको फाइदा उठाउने कोशिष गरिरहेका थियौं। हामी कुनै लक्ष्यबारे सोचिरहेका थिएनौं। हामीले केवल अवसरहरूलाई काममा लगाउने प्रयास गऱ्यौं। म्याचमा गिलको साथमा उनका साथी ओपनर साई सुदर्शनले पनि शतक बनाए। यी दुई क्रीजमा रहँदासम्म गुजरातले ३००-को छेउछाउ स्कोर गर्ने लागिरहेको थियो तर यी दुई आउट भएपछि चेन्नईको टीमलाई सामान्य भए पनि राहत प्राप्त भयो। सुदर्शनसँग रेकर्ड पार्टनरशीपबारे प्रश्न गरिँदा गिलले भने, हामीबीच असल तालमेल छ। निश्चित रूपले यो पहिलो विकेटको निम्ति हाम्रो सर्वश्रेष्ठ पार्टनरशीप हो। ईमानदारीपूर्वक भन्नु पर्दा हामी २५०-को स्कोर तर्फ बढ़िरहेका थियौं तर अन्तमा सामान्य पछि रह्यौं। उनीहरूले अन्तिम २-३ ओभरमा असल बलिंग गरे। म्याचको हिसाबले नभए पनि हामी नेट रन रेटको हिसाबले चाहिँ १०-१५ रन पछि रह्यौं।

म्याचको कुरा गर्दा टस हारेर पहिला ब्याटिंग गर्ने गुजरात टाइटन्सको ईनिंग्समा दुईजना ओपनर गिल र सुदर्शनको शतक मुख्य आकर्षण रह्यो। यसमा गिलले ९ वटा चौका र ६ वटा छक्काको साथ ५५ बलमा १०४ रन बनाए। यसरी सुदर्शनले ५१ बलमा ५ वटा चौका र ७ वटा छक्काको साथ १०३ रन बनाए। यी दुईले पहिलो विकेटको निम्ति १७.२ ओभरमा २१० रनको पार्टनरशीप गरे। आईपीएलको इतिहासमा पहिलो विकेटको निम्ति २०० रनभन्दा अधिकको यो केवल दोस्रो पार्टनरशीप हो। यसअघि केएल राहुल र क्विण्टन डी ककले पनि २०२२-मा कलकत्ता नाइट राइडर्स विरुद्ध २१० रनकै पार्टनरशीप गरेका थिए। सुदर्शन र गिल आउट भएपछि चाहिँ गुजरातको रन गतिमा सामान्य अंकुशे लाग्यो। डेविड मिलर १६ रनमा अविजित रहे। त्यसपछि विशाल लक्ष्यलाई खेदो गर्दै चेन्नईको शुरुवात खराब रह्यो अनि १० रन भित्रै ३ विकेटको पतन भइसकेको थियो। त्यहाँबाट डेरिल मिचेल र मोईन अलीले चौथो विकेटको निम्ति १०९ रनको पार्टनरशीप गरे पनि गुजरातलाई जीत हासिल गर्न असुविधा भएन। मिचेलले ७ वटा चौका र ३ वटा छक्काको साथ ३४ बलमा ५६ रन बनाए जबकि मोईनले ३६ बल खेलेर ४ वटा चौका र ४ वटा छक्काको साथ ५६ रन बनाए। एमएस धोनीले अविजित २६ रन बनाए। गुजरातका बलरहरूमा मोहित शर्माले ३ र राशिद खानले २ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement