मुम्बई: बीसीसीआई सचिव जय शाहले बताएअनुसार, भारतीय पुरुष क्रिकेट टीमका मुख्य प्रशिक्षक राहुल द्रविड़ टी२० वर्ल्ड कपपछि पनि पदमा कायम रहन चाहन्छन् भने उनले फेरि आवेदन गर्नु पर्नेछ। बीसीसीआईले यसपाली टी२० विश्व कप अघि नै टीमका मुख्य प्रशिक्षक पदको निम्ति आवेदन आमन्त्रित गर्ने फसेला गरेको छ। नयाँ प्रशिक्षकको नियुक्ति ३ सालको निम्ति हुनेछ। द्रविड़को अनुबन्ध शुरुवातमा २ सालको निम्ति थियो अनि गत नोभेम्बरमा वनडे वर्ल्ड कपको समापनपछि उनी अनि सहयोगी स्टाफहरूका कार्यकाल विस्तार गरिएको थियो। बीसीसीआई कार्यालयमा शाहले भने, हामी आउँदो केही दिनमा आवेदन आमन्त्रित गर्नेछौं। राहुल द्रविड़को कार्यकाल समाप्त हुन गइरहेको छ। उनी पदमा कायम रहन चाहन्छन् भने फेरि आवेदन गर्नु पर्नेछ। हामीलाई दीर्घकालीन प्रशिक्षक चाहिएको छ, तीन सालको निम्ति।
शाहले बताएअनुसार, अलग-अलग प्रारूपहरूका निम्ति अलग-अलग प्रशिक्षक राख्ने चलन नरहे पनि अन्तिम फसेला क्रिकेट सल्लाहकार समितिले लिनेछ। समितिमा जतिन पराञ्जपे, अशोक मल्होत्रा र सुलक्षणा नाईक रहेका छन्। शाहले भने, भारतीय क्रिकेटमा अलग-अलग प्रारूपहरूका निम्ति अलग प्रशिक्षक राख्ने चलन छैन। यसबाहेक हामीसँग सबै प्रारूपमा खेल्ने रिषभ पन्त, विराट कोहली र रोहित शर्मा जस्ता खेलाड़ीहरू रहेका छन्। यसबारे फसेला क्रिकेट सल्लाहकार समितिले लिनेछ। उनीहरूले जे फसेला लिनेछन्, त्यसलाई स्वीकार गरिनेछ। उनीहरूले विदेशी प्रशिक्षकको माग गरे पनि म दखल दिने छुइनँ। यसबीच अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-का अध्यक्षको रूपमा ग्रेग बार्कलेको कार्यकाल यस साल समाप्त भइरहेको छ तर शाहले उनी यस पदको दौड़मा छन् या छैनन् भन्ने विषयमा चाहिँ केही बताएनन्। उनले भने, मलाई यहाँ बीसीसीआईमै रहनु दिनुहोस्। अड़कलबाजी चलिरहोस् तर मलाई यही रहनु दिनुहोस्। के म राम्रो काम गरिरहेको छुइनँ?