क्यापको कृतज्ञता ज्ञापन भ्रमण जारी

n60756045617153638045570a67d14b21c9254747179312caec8f1688d609a9d946abc7e988782d080eae8e.jpg

गान्तोक: क्याप(सिटिजन एक्सन पार्टी), सिक्किमको कृतज्ञता ज्ञापन भ्रमण जारी रहेको छ। यस क्रममा आज पार्टी अध्यक्ष भरत बस्नेतको अगुवाईमा पार्टीका मुख्य समन्वयक गणेश राई तथा अन्य नेतृत्वहरूले राङगाङ याङगाङ निर्वाचन क्षेत्रको उम्मेदवार अनिल नेपाल, उनको परिवार र क्षेत्रका पार्टी समर्थकहरूसॅंग भेट गरे।

भ्रमणको उद्देश्य हालैमा सम्पन्न भएको चुनाउमा पार्टीप्रति अटल समर्थन र सहयोगका लागि कृतज्ञता व्यक्ति गर्नु रहेको बताइएको छ।

पार्टी अध्यक्ष बस्नेत र प्रमुख समन्वयक राईले उम्मेदवार अनिल राई, उनका परिवार र पार्टी समर्थकहरूप्रति उनीहरूका समर्पण र प्रतिबद्धताका लागि हार्दिक धन्यवाद दिए। उनीहरूले टीमवर्क र सहकार्यको महत्वमाथि प्रकाश पार्दै राज्यवासीहरूको कल्याणको निम्ति अथक कार्य गर्ने प्रतिबद्धता दोहोऱ्याए। यस भ्रमणले स्थानीय समुदायसॅंग सम्बन्धलाई प्रगाढ बनाउने अवसर प्रदान गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement