गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज केन्द्रिय उच्च तिब्बती अध्ययन संस्थान, सारनाथ वाराणसी परिसरको भ्रमण गरे। यस अवसरमा राज्यपालसॅंग केन्द्रिय उच्च तिब्बती अध्ययन संस्थान सारनाथमा अध्ययनरत सिक्किमका विद्यार्थीहरूले भेट गरे। उक्त जानकारी राजभवनले प्रेस विज्ञप्तिमा दिएको छ।
राज्यपालले खुशी व्यक्त गर्दै भने, आफ्नो परिश्रम, लगन एवं समर्पणले विद्यार्थीहरूले लक्ष्य प्राप्त गरुन् र राज्यको नाम रोशन गरुन्। उनले सिक्किमका विद्यार्थीहरूलाई आफ्नो सुझाउ दिए तथा विभिन्न विषयहरूमाथि चर्चा गरे। आफ्नो सम्बोधनमा राज्यपालले भगवान बुद्धका शिक्षाहरूको प्रासंगिकता उल्लेख गर्दै भने, भगवान बुद्धका शिक्षाहरू आजको परिदृश्यमा पनि उतिनै प्रासंगिक छन् किनकि ती शिक्षाहरूले हामीलाई व्यक्तिगत एवं सामूहिक रूपले खुशी एवं पूर्ण जीवन जिउन मार्गदर्शन गर्दछ।
उनले अझ भने, भगवान बुद्धका शिक्षाहरूले प्रकाशको किरणको रूपमा काम गर्दछ र शान्ति, प्रेम, सद्भाव र करुणाको दिशामा मार्ग प्रशस्त गर्दछ। अहिंसा र प्राकृतिक संसाधनहरूको संरक्षणबारे भगवान बुद्धका शिक्षाहरूमाथि प्रकाश पार्दै राज्यपालले प्रकृतिको सम्मान गर्ने जीवन शैली अपनाउने महत्वमाथि बल दिए।
कार्यक्रममा संस्थानका कुलपति वाङचुक दोर्जी नेगी, रजिस्ट्रार सुनीता चन्द्रा, संकाय सदस्य र विद्यार्थीहरू उपस्थित थिए।