जोर्डन लेप्चालाई एसकेएम पार्टीकाे हार्दिक बधाई एवम् शुभकामना

Screenshot_20240510_232028_Google.jpg

गान्तोक: एसकेएम पार्टीले दियो पद्मश्री पुरस्कारले सम्मानित लेप्चालाई बधाई गान्तोक: प्रतिष्ठित पद्मश्री पुरस्कारले सम्मानित बनेकोमा जोर्डन लेप्चालाई सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले हार्दिक बधाई एवंम शुभकामना दिएको छ। विगत २५ वर्षदेखि परम्परागत टोपी बुन्ने र बाँसको शिल्पकारिता गरेर लेप्चा जनजातिको सांस्कृतिक सम्पदाको संरक्षणमा लगनशील प्रयासको निम्ति जोर्डन लेप्चालाई प्रतिष्ठित पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको पार्टीद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ।राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुको बाहुलीबाट बिहीवार उनले उक्त सम्मान ग्रहण गरेका हुन्। देशको राजधानी नयाँ दिल्लीमा आयोजित नागरिक अधिष्ठापन समारोहमा श्री लेप्चालाई कला क्षेत्रको निम्ति सो पुरस्कार प्रदान गरिएको हो। यो पुरस्कारले सिक्किम राज्यको मान र सम्मान बढाएको पार्टीको भनाइ रहेको छ। यो सम्मान वास्तवमै उनको समर्पण र योगदानको प्रमाण हो। श्री लेप्चा प्रतिष्ठित पुरस्कारले विभुषित हुनु सिक्किमको लागि गर्वको क्षण रहेको उल्लेख गरेको छ। उत्तर सिक्किमको मंगन जिल्ला अन्तर्गत जङ्गुको रुबेयामराम गाउँमा जन्म लिएका जोर्डन लेप्चाले यस क्षेत्रमा धेरै चुनौतीहरूको सामना गर्दै भएता पनि आफ्नो परम्परागत शिल्पकारितालाई अघि बढाउन उनी कहिल्यै चुकेनन्, अन्तत: उनको यस प्रयासले आज सार्थक रूप प्राप्त गर्न सफल भएको पार्टीले ठहर गरेको।

उनको यस महान उपलब्धिको निम्ति पार्टी हार्दिक बधाई साथै उत्तरोत्तर प्रगतिको कामना गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement