गान्तोक: सिक्किम प्रोफेसनल यूनिभर्सिटीको वार्षिक खेलकूद कार्यक्रम गत ६-७ मईको दिन आयोजना गऱ्यो। यस अवसरमा उक्त विश्वविद्यालयका विभिन्न विषयमा डिग्री हासिल गरिरहेका विद्यार्थीहरूले सहभागिता जनाएका थिए भने कार्यक्रममा सोही विश्वविद्यालयका उपकूलपति प्रोफेसर डा. एचएस यादव रहेका थिए।वार्षिक खेलकूद कार्यक्रम अन्तर्गत फुटसल, भलिवल लगायत अन्य खेलकूदको पनि आयोजना गरेको थियो।भलिवल प्रतियोगिता रेड वनाम ग्रीन हाउसबीच सम्पन्न भएको थियो,जसमा ग्रीन हाउस विजयी बन्यो भने सोही प्रकारले फुटसल प्रतियोगिता येलो र रेड हाउसबीच भएको थियो,जसमा येलो हाउस विजयी बन्यो।