राज्यपालले दिए पदमाश्री पुरस्कारद्वारा सम्मानित लेप्चालाई बधाई

IMG-20240510-WA0223.jpg

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले पद्मश्री पुरस्कारले सम्मानित जोर्डन लेप्चालाई हार्दिक बधाई साथै शुभकामना दिएका छन्। उल्लेखनीय छ, मंगन जिल्ला अन्तर्गत जङ्गु निवासी जोर्डन लेप्चालाई हिजो नयाँ दिल्लीमा आयोजित एक विशेष कार्यक्रम अन्तर्गत देशकी राष्ट्रपति द्रोपदी मूर्मुको बाहुलीबाट पद्मश्री पुरस्कार प्रदान गरिएको थियो। लेप्चालाई उक्त पुरस्कार कलाको क्षेत्रमा प्रदान गरिएको हो। लेप्चाले विगत केही वर्षदेखि लेप्चा जातिको परम्परालाई संरक्षण गर्ने उद्देश्यले बाँसको टोपी लगायत अन्य सामग्री बनाउँदै आइरहेका छन्। आफ्नो जातिको सांस्कृतिक र परम्परालाई संरक्षण गर्ने उनको यो असाधारण योगदानलाई सम्मान गर्दै देशको सबै भन्दा प्रतिष्ठित पद्मश्री पुरस्कारद्वारा सम्मानित गरिएको राज्यपालले जानकारी गराएका छन्।लेप्चाले बाँसद्वारा टोपी बनाएर लेप्चा समुदायको सांस्कृतिकलाई बढावा दिँदै कडा मेहनत गर्दै समर्पित भावनाले निरन्तर काम गरेको उनले बताएका छन्।

लेप्चाको यो उल्लेखनीय उपलब्धिले केवल सिक्किम राज्यलाई मात्र गौरवान्तित नबाएऱ राज्यको सांस्कृतिक विरासतलाई पनि संरक्षण गर्ने प्रयास गरिरहेको उनको कामले दर्शाएको बताउँदै उनको यो उपलब्धि राज्यका अन्य मानिसहरूको निम्ति पनि प्रेरणाको स्रोत रहने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement