नाबालिकासँग यौन दुष्कर्मको आरोपमा एक पक्राउ

गान्तोक: तिमी पुलिसले एक नाबालिकासँग यौन दुष्कर्म गरेको आरोपमा नाम्चीस्थित आदर्श गाउँ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ। पुलिस सुत्रले जानकारी गराए अनुसार एक दस वर्षीया नाबालिकासँग दुष्कर्म गरेको कुरा पीडिया स्वयंले स्कूलमा बताएपछि आरोपी विरूद्ध सिङताम थानामा जिरो एफआइआर गरिएके थियो। कार्दैन छोडेन भोटियाले उक्त घटनालाई लिएर सिङताम थानामा सिकायत दर्ता गरेका थिए भने पुलिसले उक्त मुद्दा तिमी थाना अन्तर्गत पर्ने भएकोले जिरो एफआइआर गरेको थियो। पुलिसले आरोपी कर्मा सोनम भोटियाविरूद्ध प्रोटेक्सन अफ् चिल्ड्रेन फ्रम सेक्सुएल अफेन्स २०१२ अन्तर्गत मुद्दा दर्ता गरेको छ। उक्त घटना गत वर्ष अक्टोबर- दिसम्बरबीच भएको पुलिसले बताएको छ।

About Author

Advertisement