गान्तोक: मंगन नगर पञ्चायतको पहलमा आज सोलिड वेस्ट मेनेजमेन्टमाथि एक कार्यक्रम आयोजना गरियो। यस कार्यक्रममा विशेष गरेर स्वच्छ सर्वेक्षण २०२४ को निम्ति एम्बासेडरकोरूपमा मनोनित विभिन्न गैर सरकारी संगठन,विद्यालय र व्यक्तिहरूलाई उनीहरूको योगदानको कदर गर्दै अभिनन्दन पनि जनाइयो। उक्त कार्यक्रममा सिक्किम क्रिकेट एसोसिएशनका महासचिव रिञ्जिङ नामग्याल भोटियालाई स्वच्छ सर्वेक्षण २०२४ को निम्ति ब्राण्ड एम्बासेडरकोरूपमा मनोनित गरिएको जानकारी गराइएको छ। यस अवसरमा मंगन जिल्लाका अतिरिक्त जिल्लापाल विशु लामा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने पञ्चायत अध्यक्ष नोर्कित लेप्चा लगायत पार्षदहरूको पनि उपस्थिति रहेको थियो।