यदि राज्यपालमा दम छ भने आफ्नो च्याम्बरको सीसीटीभी फुटेज देखाउन्: अभिषेक ब्यनर्जी

vnkd0nfs_abhishek-banerjee-ani_625x300_07_October_23.jpg

काेलकाता: अभिषेक ब्यनर्जीले राज्यपाल सी.वी. आनन्द बोसमाथि तीव्र प्रहार गरेका छन्। शुक्रवार अभिषेकले राजभवनद्वारा सीसीटीभी फुटेज देखाइएकोलाई ड्रामाको संज्ञा दिँदै भने, यदि राज्यपालमा दम छ भने आफ्नो च्याम्बरको सीसीटीभी फुटेज देखाउन्।

बाहिरको फुटेज देखाएर के हुन्छ? यदि राज्यपालसित क्षमता छ भने आफ्नो गल्ली, कक्षको भीडियो फुटेज सार्वजनिक गरून्। अभिषेकले यो पनि भने, राज्य सरकारले सीवी आनन्द बोसविरूद्ध सुप्रीम कोर्टको ढोका ढक्ढकाउनुपर्छ।

डायमण्ड हार्बरका तृणमूल उम्मेद्वार अभिषेकले शुक्रवार अलिपुरको ट्रेजरी बिल्डिंगमा आफ्नो नामांकन दर्ता गराए। तृणमूल महासचिवले नामांकन दर्ता गराएपछि मीडिसित बातचित गर्ने। राज्यपाललाई लिएर सोधिएको प्रश्नको जवाफमा उनले भने, यदि ममाथि कुनै आरोप लागेको छ भने मैले त्यसको खण्डन गर्नको लागि भीडियो देखाएँ भने सबै फुटेज देखाउनेछु। कक्ष, सिँढ़ी, गल्ली- हरेक ठाउँको भीडियो देखाउनुपर्छ। तर राज्यपालले बाहिरको भीडियो मात्र देखाएका छन्। यो सबै नाटक हो।

त्यसपछि अभिषेकले चर्को प्रहार गर्दै भने, यस गभर्नरले गभर्नरको पदलाई नै भ्रष्ट बनाइदिएका छन्। नोकरी दिलाउने नाममा युवतीको समकालीन युवतिसित यस्तो कारनामा गरे। हामीले धेरैजना गभर्नरहरू देखेका छौं। जगदीप धनखड़लाई देख्यौं। तर मैले कहिल्यै पनि कसैलाई यतिसाह्रो तल झरेको देखेको छुइन। राज्यपाल राज्यका संवैधानिक प्रमुख हुन्छन्। उनलाई संवैधानिक संरक्षण पनि प्राप्त छ। त्यस सन्दर्भमा अभिषेकले भने, “राज्य सरकार राज्यपालविरूद्ध सुप्रीम कोर्ट जानुपर्छ। राज्यपाललाई बताउनुपर्छ कि उनले जे चाह्यो त्यै गर्न सक्दैनन्। कानून सबैको लागि बराबर हुनुपर्छ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement