डा. हिमन्त बिस्व सरमा सरकारकाे  ३ वर्ष पूरा

Assam-CM-4

मुख्यमन्त्रीले राज्यकाजनतालाई दिए धन्यवाद

गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा सरकारले आज ३ वर्ष पूरा गरेको छ। यस अवसरमा सोशल मीडियाको माध्यमबाट मुख्यमन्त्रीले राज्यकाजनतालाई धन्यवाद दिए।

सोशल मीडियाको माध्यमबाट सम्प्रेषित आफ्नो सन्देशमा मुख्यमन्त्रीले भने, वर्ष २०२१ मा यसै शुभ दिनमा मेरो नेतृत्वमा असमका मानिसहरूको सेवाको लागि हाम्रो सरकारलाई बागडोर सुम्पिइएको थियो। ‘आज मेरो सरकारले तीन वर्ष पूर्ण गरेको अवसरमा असमलाई भारतका शीर्ष पाँच राज्यहरूमध्ये एक बनाउनको लागि अथक काम जारी राख्ने वाचा गर्दछु। म यस तीन वर्षको यात्रामा तपाईहरूको समर्थन, आशीर्वाद तथा इमानदारी सहयोगको लागि तपाईहरू सबैप्रति आफ्नो इमानदारीपूर्ण आभार व्यक्त गर्न चाहन्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement