कोलकाता: कोलकाता पुलिसलाई अन्ततः राजभवनको सीसीटीभी फुटेज प्राप्त भएको छ। गभर्नर सीवी आनन्द बोसविरूद्ध हेयर स्ट्रीट पुलिस स्टेशनमा दर्ता छेड़छाड़को सिकायतको आधारमा अनुसन्धान भइरहेको छ।
राज्यपाललाई संविधानको संरक्षण प्राप्त छ, यसैले उनीविरूद्ध आपराधिक जाँच सम्भव छैन। सो जानकारी लालबजारले पहिला नै दिएको थियो। पुलिसले भनेको छ, पुलिसले कुनै व्यक्ति विशेषको जाँच गरिरहेको छैन जबकि एक विशेष सिकायतको जाँच गरिरहेको छ। यसै अन्तर्गत सीसीटीभी फुटेज जुटाइएको हो।
पुलिसले राज्य लोक निर्माण विभागबाट राजभवनको सीसीटीभी फुटेज लिएको छ। यसै विभागमाथि राजभवनको रखरखाउको जिम्मेवारी छ। सूत्र अनुसार त्यस दिनको फुटेज गए बिहीवार राती पुलिस समक्ष आइपुगेको छ। पुलिसले यसको जाँच गरिरहेको छ। यसपूर्व पुलिसले फुटेजको लागि राजभवन अधिकारीहरूलाई आवेदन दिएको थियो, तर त्यहाँबाट केही पनि दिइएन। राज्यपालले राजभवनका सबै कर्मचारीहरूलाई सूचित गरेका छन्, पुलिसलाई कसैले सहयोग गर्नेछैन।
यसबीच राजभवन अधिकारीहरूले बिहीवार घटनाको सीसीटीभी फुटेज जारी गरे। उक्त फुटेजलाई बिहान राजभवनमा आयोजित एक समारोहमा देखाइयो। राज्यपालले भने, ममता ब्यनर्जी र उनको पुलिस बाहेक राज्यका हरेक नागरिकले फुटेजलाई हेर्न सक्नेछन्। फुटेज हेर्न गएका मानिसहरूलाई पनि फुटेज देखाइयो. राजभवनले गत 2 मईको फुटेज जारी गऱ्यो जुन दिन राज्यपालविरूद्ध सिकायत दर्ता गरिएको थियो।
१ घण्टा १९ मिनटको फुटेजमा सिकायतकर्तालाई दुई पटक मात्र देखिएको छ। पहिलो पटक उसलाई राजभवनदेखि पुलिस चौकीतिर गइरहेको देखाइएको छ भने केही क्षणपछि उ त्यहाँदेखि निक्लेर अर्को कोठामा जाँदै गरेको देखाइएको छ। यो दृश्य उत्तरी गेट सामु दुईवटा क्यामराबाट रेकर्ड गरिएको छ।