अनियमितताको आरोप, काेचबिहार पञ्चानन बर्मा विश्वविद्यालयका रजिस्ट्रार निलम्बित

Capture5-4.png

कोचबिहार: कोचबिहार पञ्चानन बर्मा विश्वविद्यालयका रजिस्ट्रारमाथि विभिन्न आरोप लगाएपछि उपकुलपतिले निलम्बन गरेका छन्। यो घटनालाई लिएर वातावरण निकै तातेको छ। विश्वविद्यालयका रजिष्ट्रार अब्दुल कादिर सफालीलाई विश्वविद्यालयका विभिन्न मामिलामा अनियमितता गरेको आरोप लगाउँदै उपकुलपति निखिलचन्द्र रायले गत २४ अप्रेलमा निलम्बन गरेका थिए। उनीहरुलाई कामको सात दिनभित्र गुनासोको जवाफ दिन भनिएको छ।सोकाजले सोचे अनुसारको जवाफ नआएपछि आज उनलाई निलम्बन गरिएको विश्वविद्यालय स्रोतले जनाएको छ। तर, यस विषयमा कोही पनि टिप्पणी गर्न तयार छैनन्।

About Author

Advertisement