सिक्किम पुलिस र पाक्योंग स्पोर्टिंग क्लब क्वार्टर फाइनलमा

photocollage_20228811132203.jpg

८ अगस्तः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजित ७६औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच खेलियो। स्थानीय पाक्योंग सेण्ट जेभियर्स मैदानमा जारी यस नाइन ए साइड टुर्नामेण्टमा भएको पहिलो म्याचमा सिक्किम पुलिसले यूएसएससीए अहो-यांगतामलाई सडन डेथमा पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यसरी नै दोस्रो म्याचमा पाक्योंग स्पोर्टिंग क्लबले सिलगढ़ीको आमुक्त परिवारलाई ४-३ पराजित गऱ्यो। दोस्रो म्याच चरम रोमाञ्चक रह्यो। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच १२ र १३ अगस्तमा खेलिनेछ । यसरी नै फाइनल १५ अगस्तमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *