सिलगढीमा बम भेटिएको खबरले  त्रासको माहोल

IMG-20240510-WA0181.jpg

सिलगढी: सिलगढीमा बम भेटिएको खबरले आतंकको माहोल श्रृजना भएको छ।सिलगढीको नयाँ मिलनपल्ली इलाकाको सुकान्त बेलानेमा शुक्रबार बम भेटिएको खबर जङ्गलको आगोझैं फैलिएपछि सम्पूर्ण इलाकामा त्रास फैलियो। आज एक किशोरले विद्युत् विभागको कार्यालय नजिकै बमजस्तो वस्तु देखे र अरुलाई खबर गरेका थिए। यो देखेपछि स्थानीयले पुलिसलाई खबर गरेका थिए । सूचना पाएपछि सिलगढी पुलिस घटनास्थल पुग्यो। पुलिसले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। बम डिस्पोजल टोलीलाई खबर गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement