१७ मईको दिन जुगलकिशोर राय वीरको जन्मजयन्ती पालन गरिने

IMG-20240510-WA0173.jpg

अलिपुरद्वार: उत्तर बंगालका ऐतिहासिक व्यक्तित्व जुगलकिशोर राय वीरको पूर्ण लम्बाइको शालिग स्थापना गर्ने निर्णय भएको छ। अलिपुरद्वारको फालाकाटा ब्लकको जटेश्वर समता केन्द्रका सदस्यहरूको पहलमा जुगल किशोर राय वीरको जन्मजयन्ती मे १७ मा मनाइनेछ। सोही दिन जुगलकिशोर राय वीरको पूर्ण लम्बाइको शालिक स्थापनाको काम शुरु हुनेछ । यसका लागि तयारी तीब्र रुपमा भइरहेको छ । यो जुगलकिशोर राय वीर जीवनभर समाजवादी आन्दोलनसँग आवद्ध भइरहनुभएको थाहा छ। यसैबीच, जटेश्वरको काजली हलमा रहेको समता केन्द्रमा तयारीको काम धमाधम भइरहेको छ। यस कार्यक्रममा सहभागी हुन सबैलाई आयोजकको तर्फबाट हार्दिक निमन्त्रणा छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement