नक्सलबारी: अगरतलाबाट दिल्ली जाँदै गरेको कन्टेनर दुर्घटनाग्रस्त भएको घटनामा चालक घाइते भएका छन्। उनलाई राति अबेरसम्म गस्तीमा रहेका महिला पुलिस र नक्सलबारी थानाका पुलिस जवानको सहयोगमा नजिकैको अस्पताल लगिएको छ।
हाल चालकको टाउकोमा चोट लागेको र अहिले सकुशल रहेको छ। जहाँ यो घटना भएको थियो, त्यहाँ हात्तीहरू जाने कोरिडोर छ, यो कन्टेनरले बोर्ड तोडेर सडक छेउमा गाडी पल्टियो। यस विषयमा स्थानीय पुलिस प्रशासन र ट्राफिक गार्डले अनुसन्धान गरिरहेको छ। टोल ट्याक्सबाट क्रेन आएर यो ठूला गाडीलाई सडकबाट हटाएको छ।