जिल्लापाल छोपेलद्वारा आरिटार झीलमा टुरिस्ट बोर्डको उदघाटन

IMG-20240509-WA0251.jpg

गान्तोक: पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले आज जिल्ला अध्यक्ष लाडेन ल्हमु भोटिया र उपाध्यक्ष प्रभा प्रधानको उपस्थितिमा आरिटारको लामपोखरी झीलमा टुरिस्ट बोर्डको उदघाटन गरे। पाकिम जिल्ला पञ्चायतको कोषबाट निर्माण गरिएको यस बोर्डले पर्यटकहरूको निम्ति एक न्यानो र आमन्त्रित वातावरण सिर्जना गर्नको साथै पर्यटन क्षेत्रलाई माथि उठाउन र झीलको आकर्षणलाई अझ बृद्धि गर्ने लक्ष्य राखेको छ।उद्घाटनको क्रममा डीपीओ सोनम जाङ्पो भोटियाले समुदायको विकासमा उनीहरूको महत्त्वपूर्ण योगदानको कदर गर्दै कृतज्ञता प्रकट गरेका छन्।

विशेष गरेर यस प्रकारको पहलले उनीहरूको समाज प्रतिको योगदान झल्काउने बताएका छन्।

About Author

Advertisement