कोलकाता: उच्च माध्यमिक २०२४ परिणाम मंगलबार घोषित भएकाे छ। पश्चिम बङ्गाल उच्च माध्यमिक शिक्षा संसदका अध्यक्ष चिरञ्जीव भट्टाचार्यले नतिजा घोषणा गरेका हुन्। यससँगै आगामी २०२५ को उच्च माध्यमिक परीक्षाको मिति पनि सार्वजनिक गरिएको छ। उच्च माध्यमिक २०२५ मार्च ३ बाट सुरु हुनेछ र मार्च १८ मा समाप्त हुनेछ भनिएको छ। परीक्षाको समय बिहान १० बजेदेखि दिउँसो १.१५ बजेसम्म (३ घण्टा १५ मिनेट) तोकिएको छ। शारीरिक शिक्षा, दृश्य कला, संगीत र व्यावसायिक विषयको परीक्षा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म मात्र २ घण्टाको हुनेछ।