अगरतला: प्रदेश सरकारले प्रदेशमा कलेजो प्रत्यारोपण प्रक्रिया शुरु गर्ने विचार गरिरहेको त्रिपुराका मुख्यमन्त्री प्रोफेसर डा. माणिक साहले बताए। आज साँझ अगरतलास्थित आईजीएम अस्पतालको निरीक्षणका क्रममा, राज्य स्वास्थ्य मन्त्रीकाे उपस्थितिमा डा. शाहले अन्यत्र काम गरिरहेका विशेषज्ञ चिकित्सकहरू अहिले प्रदेश फर्किसकेको बताउनुभयो। “हामीले मृगौला प्रत्यारोपण प्रक्रिया जून सम्म शुरु गर्ने लक्ष्य राखेका छौं किनकि यसले बिरामीहरूलाई राज्य बाहिर मिर्गौला प्रत्यारोपण गर्ने आवश्यकतालाई हटाउनेछ। विशेषज्ञ चिकित्सकहरू बिस्तारै प्रदेशमा फर्किन थालेकोमा खुसी व्यक्त गर्दै मुख्यमन्त्रीले भने, ‘मैले समय पाएपछि स्वास्थ्य सचिव र मेडिकल सुपरिटेन्डेन्टलाई भेट्न आएको हुँ। मैले विभिन्न विभागहरूको समीक्षा गरें र ध्यान दिनु पर्ने क्षेत्रहरूमा निर्देशन दिएँ।”










