स्वच्छ विद्यालय पुरस्कार २०२१-२२ अन्तर्गत राज्यस्तरीय पुरस्कार समारोह सम्पन्न

IMG_20220807_235110.jpg

गान्तोक: स्वच्छ विद्यालय पुरस्कार २०२१-२२ अन्तर्गत राज्यस्तरीय पुरस्कार समारोह शिक्षा विभागको सम्मेलन हालमा सम्पन्न भयो। समग्र शिक्षाको तत्वावधानमा आयोजित उक्त कार्यक्रममा शिक्षा विभाग मन्त्री केएन लेप्चा मुख्य अतिथि थिए। कार्यक्रममा अतिरिक्त मुख्य सचिव आर. तेलाङ र सचिव डीसी नेपाल विशेष अतिथि थिए।
शिक्षा मन्त्री लेप्चाले विजयी स्कूलहरूलाई बधाई दिए। उनले स्वच्छ विद्यालय पुरस्कार २०२१ अन्तर्गत लगभग ८० प्रतिशत विद्यालयले भाग लिएकोमा खुशी व्यक्त गरे। उनले राष्ट्रिय स्तरका लागि चयनित बनेकोमा सरकारको तर्फबाट बधाई दिए।
अतिरिक्त मुख्य सचिव तेलाङले स्वच्छ विद्यालय पुरस्कारको उद्देश्य अनि महत्वमाथि प्रकाश पार्दै यो शिक्षा मन्त्रालयको पहल रहेको बताए। उनले विजेताहरूलाई बधाई दिए।
स्वच्छ विद्यालय पुरस्कार वर्ष २०१६-१७ मा भारत सरकारको मानव संसाधन विकास मन्त्रालयले शुरूवात गरेको हो। यो वर्ष स्कूल शिक्षा एवं साक्षरता मन्त्रालयद्वारा केन्द्रिय शिक्षा राज्य मन्त्री डा. सुभाष सरकारले १२ जनवरीमा नयॉं दिल्लीबाट भर्चुअल माध्यमद्वारा उद्घाटन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *