दापोरिजो (अरुणाचल प्रदेश): दापोरिजो पुलिसले अपर सुबनसिरी जिल्लाको बीएन कोलोनीबाट ७ मईको दिन करिब १११.४७ ग्राम तौलको शंकास्पद हेरोइन बरामद गरी दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चाङ्लाङ जिल्लाका ३५ वर्षीय दुबे बो र तिराप जिल्लाका पोङ्गन्या न्गोङ्वा रहेको बताइएको छ। सूचनाको आधारमा कार्य गर्दै, डीएसपी गमली लोईको नेतृत्वमा पुलिस र सीआरपीएफको टोलीले कार्यकारी मजिस्ट्रेट र स्वतन्त्र साक्षीहरूको उपस्थितिमा बीएन कालोनीमा बोको घरमा खोजी अभियान चलायो। खोजीका क्रममा पुलिसले करिब १११.४७ ग्राम शंकास्पद हेरोइन रहेको १० थान साबुन बक्स, २ दशमलव ५ ग्राम तौलको शंकास्पद हेरोइन भएको एउटा सुर्तीको कन्टेनर, एउटा आल्मुनियमको पन्नी, दुई थान सुर्तीका खाली भाँडा र १७ वटा खाली शीशी बरामद गरेको छ। दुवैविरुद्ध दापोरिजो पुलिस थानामा एनडीपीएस ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ।










