
यहाँ जल्छ हरथोक
सपना जल्छ
आकांक्षा जल्छ
विश्वास जल्छ
अहंकार जल्छ
मन जल्छ
सम्पत्ति जल्छ
घर जल्छ
चिता जल्छ
चिंता जल्छ
दियो जल्छ
कति जलन प्यारो हुन्छ
कति जलन पीडा हुन्छ
जल्दैन त केवल …..
समय जल्दैन।
जलेर नै चुल्हाले खाना दिन्छ।
जलेर मनले ब्यथा दिन्छ।
जलेर दियोले उज्यालो दिन्छ।
जलेर चिंताले धेरै पटक पटक जलाउँछ भने चिताले एकैपटकमा अस्तित्व विहीन बनाइदिन्छ।
जलेर आ-आफ्नो भूमिका निभाउँछ।
यसैले जीवनमा प्यारो लाग्छ
जलन।।।
(लेखिका भारतीय नेपाली साहित्यको संसारमा सुपरिचित महिला कवि एवं गजलकार हुनुहुन्छ)