वरिष्ठ कवि-साहित्यकार रामप्रसाद गदाइलीको निधन

IMG-20240509-WA0245.jpg

नाम्ची: वरिष्ठ कवि-साहित्यकार रामप्रसाद गदाइलीको निधन भएको छ। उनको निधन गत ७ मईको दिन ८६ वर्षको उमेरमा भएको हो। उनले आफूपछि दुई श्रीमती, चार भाइ छोरा, चार बहिनी छोरी र नाता-नातीनीहरू छोडी गएका छन्। उनी नाम्चीमा आफ्नो निजी घरमा रहँदै- बस्दै आए पनि उनका मूलरूपमा नाम्ची जिल्लामा पर्ने कामराङ पैतृक जन्म थलो हो।साहित्यमा रुचि राख्ने स्वर्गीय गदाइलीले चाटबिनाको घाउ र वर-पीपल नामक दुई कविता संग्रह नेपाली साहित्यलाई अर्पण गरेका छन् भने अतिथ नामक गीति एल्बममा पनि गीतकारको भूमिका निर्वाह गरेका छन्। उल्लेखनीय छ, उनी नेपाली गर गहना बनाउनमा पनि माहिर थिए। उनले धरै संघ-संस्थाबाट मान-सम्मान पनि प्राप्त गरिसकेका छन्। स्वर्गीय गदाइलीको अन्तेष्टी क्रिया आगामी १९ मईमा हुने पारिवारिक सुत्रले जानकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement