मतदान अघिको सम्झौताहरूको स्मरण गराउँदै अजय एडवर्डद्वारा कंग्रेस अध्यक्ष मल्लिकार्जुन खडगेलाई चढाए ज्ञापन

Screenshot_20240509_203752_Facebook.jpg

दार्जीलिङ: मतदान अघिको सम्झौताहरूको स्मरण गराउँदै हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवर्डसले कंग्रेस अध्यक्ष मल्लिकार्जुन खडगेलाई ज्ञापन चढाएका छन। हाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवर्डसले आज दिल्लीमा कांग्रेस पार्टीको राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खडगेलाई एक ज्ञापन पत्र चढाएका छन्। हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसले दार्जीलिङ लोकसभा चुनावको मतदान अघि हाम्रो पार्टी र कांग्रेस पार्टीबीच भएको सम्झौताहरूको ज्ञापन पत्रमा स्मरण गराएका छन। ज्ञापन पत्रमा अध्यक्ष एडवर्डदले दार्जीलिङ निर्वाचन क्षेत्रको ईण्डिया गठबन्धन समर्पित कांग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङलाई हाम्रो पार्टीले समर्थन जनाएको थियो अनि कांग्रेस उम्मेद्वार डाक्टर तामाङको पक्षमा चुनाव प्रचार प्रसारको कार्यमा हाम्रो पार्टीले कुनै कमी छोडेनन् अनि दार्जीलिङ लोकसभा निवार्चन क्षेत्रबाट कांग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङको जीतप्रति हामी आशावादी रहेको बताएका छन्। ज्ञापन पत्रमा हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्सले दार्जीलिङ निर्वाचन क्षेत्र लगायत देशमा यस पटक ईण्डिया गठबन्धनले राम्रो प्रदर्शन गर्नेछ भन्ने विषयमाथि हामी आशावादी छौं। विगत १५ वर्षदेखि देशवासीहरूले देशमा राजनैतिक परिवर्तन हुनुपर्छ भन्ने सोच बनाएको छ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसले ज्ञापन पत्रमा उलेख गरेका छन्। ज्ञापन पत्रमा अध्यक्ष एडवर्डसले दार्जीलिङ निर्वाचन क्षेत्रमा मतदान हुन अघि हाम्रो पार्टी र कांग्रेस पार्टी बिच जो सम्झौता भएको थियो। त्यस सम्झौतालाई कांग्रेस अध्यक्ष मल्लिकार्जुन खडगेलाई स्मरण गराएका छन्।गत २००७ मा दार्जीलिङलाई छैटौं अनुसूचीमा सामेल गर्ने संसदमा विधेयक पेश गरिएको थियो। तर कतिपय कारणवश उक्त विधेयक पारित हुन नसकेको जानकारी गराएका छन्।दार्जीलिङवासीहरूले संवैधानिक न्यायको मांग गर्दै आईरहेको छ अनि हामी आशावादी छौं केन्द्रमा ईण्डिया गठबन्धनको सरकार गठन भएको खण्डमा हाम्रो मुद्दाहरूमाथि अवश्यै विचार गरिनेछ भन्ने दिशामा हामी आशावादी छौं। दार्जीलिङ निर्वाचन क्षेत्रमा मतदान भई सकेको छ अनि देशको विभिन्न निर्वाचन क्षेत्रहरूमा मतदानको क्रम जारी छ। हामी मतगणनाको पर्खाईमा बसेका छौं साथै हामी आशावादी पनि छौं दार्जीलिङ निर्वाचन क्षेत्रमा ईण्डिया गठबन्धन समर्पित कांग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङको जीतसंगसंगै देशमा नयाँ युगको शुरूवत हुने भन्ने दिशामा हामी आशावादी रहेका छौं अनि दार्जीलिङवासीहरूको लागि उज्यालो भविष्य लिएर आउनेछ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसले आफ्नो ज्ञापन पत्रमा उल्लेख गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement