खरसाङ निवासी वैज्ञानिक डा. एकलव्य शर्माद्वारा राष्ट्रपतिको बाहुलीबाट ग्रहण गरे पद्यश्री

IMG-20240509-WA0219.jpg

खरसाङ: खरसाङ निवासी वैज्ञानिक डा. एकलव्य शर्माले वर्ष २०२४ को पद्यश्री पुरस्कार देशको वर्तमान राष्ट्रपति द्रोपति मुर्मुको बाहुलीबाट बिहीबार साँझ नयाँ दिल्लीमा ग्रहण गरेका छन्। खरसाङको सन्त मेरिज निवासी डा. एकलव्य शर्मालाई विज्ञान र ईञ्जिनियरिङमा दिएको योगदानलाई सम्मान गर्दै देशको प्रतिष्ठित सम्मान पद्यश्री प्रदान गरिएको छ। विशेष डा. एकलव्य शर्मालाई प्रतिष्ठित परिस्थितिकी विज्ञान – भारतीय हिमाली क्षेत्रको लागि नीति निर्धारणमा योगदानको साथमा हिन्दू कुश हिमालयको मूल्यांकनमा अग्रणी योगदानको लागि देशको प्रतिष्ठित पद्यश्री २०२४ प्रदान गरिएको छ। उनलाई देशको अन्य विशेष व्यक्तिहरूका साथमा राष्ट्रपति द्रोपति मुर्मुको बाहुलीबाट प्रदान गरिएको छ। बिहीबार सम्पन्न पद्यश्री पुरस्कार प्रदान समारोहमा सामेल हुनलाई डा. एकलव्य शर्मा बुधवार नै दिल्ली पुगेका थिए। उनीसितै उनको परिवारको सदस्यहरूमा भाइ पंकज शर्मा र छोरा तनुज शर्मा पनि बुधबार नै दिल्ली पुगेका थिए। डा. एकलव्य शर्माले देशकै प्रतिष्ठित सम्मान पद्यश्री राष्ट्रपतिको बाहुलीबाट ग्रहण गरेर देशवासी साथै सम्पूर्ण गोर्खा जातिलाई गौरान्वित बनाएका छन्। यो पल सम्पूर्ण भारतीय गोर्खाहरूको लागि खुशी र सम्मान साथै गौरवको पल रहेको छ। उनले देशकै प्रतिष्ठित पद्यश्री प्राप्त गरेकोमा विभिन्न संघ संस्थाहरूले बधाई दिईरहेका छन्। यसै क्रममा गोर्खा सांस्कृतिक संस्थान खरसाङकी अध्यक्षा आशा मुखिया लामाले पनि डा. एकलव्य शर्मालाई देशकै प्रतिष्ठित पद्यश्री ग्रहण गरेकोमा बधाई दिएकी छन्। उनले डा. एकलव्य शर्मा गोर्खा सांस्कृतिक संस्थान खरसाङको आजीवन सदस्य रहेको जनाउँदै उनले देशकै प्रतिष्ठित पद्यश्री प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै यो सम्पूर्ण गोर्खा जाति टके लागि गौरव र सम्मानको कुरा रहेको बताएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement