मोरङमा दुई सय अठाह्र केजी गाँजासहित एक पक्राउ

IMG-20240509-WA0009.jpg

झापा: मोरङको जहदा गाउँपालिका ३ हाथिबन्दाबाट २१८ किलो १७५ ग्राम लागूऔषध गाँजासहित एकजनालाई पुलिसले पक्राउ गरेको छ ।गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा बिहीबार बिहानको राति १ बजे जिल्ला पुलिस कार्यालय मोरङबाट खटिएको पुलिस टोलीले स्थानीय २४ वर्षीय भगवान किस्कुलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला पुलिस कार्यालय मोरङले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement