सोनादा: सोनादाको होली क्रस कन्या उच्चत्तर माध्यमिक विद्यालयको यसपालीको उच्च माध्यमिक परीक्षामा विज्ञान विषयमा पनि राम्रो परिणाम प्राप्त गरेको छ। होली क्रस कन्या उच्चत्तर माध्यमिक विद्यालयबाट विज्ञान विषयमा नेसाङ तामाङले ४१४ अंकसहित ८२.८ प्रतिशत प्राप्त गरेर स्कूल टप्पर बनेकी छन्। यस स्कूलबाट यसपाली विज्ञान विषयमा जम्मा २७ जनाले परीक्षा दिएका थिए जसमा २७ जना नै उत्तीर्ण भएर सर प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका छन्। सोनादाको होली क्रस कन्या उच्चत्तर माध्यमिक विद्यालयको विज्ञान विषयमा नेसाङ तामाङले ४१४ अंकसहित ८२.८ प्रतिशत प्राप्त गरेर स्कूल टप्पर बनेकी छन्। त्यसरी नै अरूनिमा राईले ४०० अंकसहित ८० प्रतिशत, आस्था सुब्बाले ३९७ अंकसहित ७९.४ प्रतिशत र लाञ्जी तामाङले ३९७ अंकसहित ७९.४ प्रतिशत
प्राप्त गरेका छन्। होली क्रस कन्या उच्चत्तर माध्यमिक विद्यालयको कला विषयमा एकदमै राम्रो परिणाम प्राप्त गरेको थियो भने विज्ञान विषयमा पनि असल परिणाम प्राप्त गरेका छन्।











