सोनादाको टाँशी छोईलिङ बौद्ध गुम्बामा छाम पुजा सम्पन्न

IMG-20240509-WA0214.jpg

सोनादा: अप्पर सोनादा टाँशी छोईलिङ बौद्ध गुम्बामा छाम पूजा सम्पन्न भएको छ। विगत आठ वर्षदेखि आयोजना भइरहेको पूजामा यस वर्ष पनि सफलतापूर्वक सम्पन्न भएको टाँशी छोईलिङ बौद्ध गुम्बाका धर्मगुरु राफग्ये छाम्बलाले जानकारी दिएका छन्। गत ४ मई २०२४ देखि शुरु भएको पूजा ८ मई २०२४ को दिन समापन भएको थियो। आठौं गुरु ढाकपो, महापालाले पूजा आर्चना गरी ६ मई ३:३० बजे गुम्बा भवनभित्र छाम नृत्य प्रदर्शन गरिएको थियो। यसै गरी ७ मई को दिन गुम्बा प्रांगणमा तोरगाप साथै छाम नृत्यको प्रस्तुति गरिएको थियो। ८ मई पूजाको अन्तिम दिन बिहान छाम नृत्य महाकालको छ्योछेन पूजासंगै धर्मगुरु छ्युसाँग छेवाङ तेम्पा रिम्पोर्छेको करकमलबाट समस्त धर्मप्रेमी महानुभावहरुप्रति दिर्घायुको छेडुप (वाङ) प्रदान गरी समस्त प्राणी जगतको सुख, शान्ति अनि समृद्धिको निम्ति कामना गरिएको जानकारी प्राप्त भएको छ। गुम्बाको मुख्य धर्मगुरु राफग्ये छाम्बलाले आठौं गुरु डागपो पूजा सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्ण भक्तजन, स्वयंसेवकहरुप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement