सुनसरीमा एक क्विन्टल गाँजा बरामद

IMG-20240509-WA0002

झापा (नेपाली): सशस्त्र पुलिसले सुनसरीबाट एक क्विन्टल गाँजा बरामद गरेको छ। सशस्त्र पुलिस बल नेपाल न० ४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगंज र हर्बेनिको संयुक्त टोलीले मंगलबार राति जिल्लाको बर्जु गाउँपालिका ४ स्थित हसनपुर भन्ने स्थानमा उखुको सुकेको पातले छोपी लुकाई छिपाई बेवारिसे अवस्थामा राखेको तीन बोरा गाँजा बरामद गरेको हो। सशस्त्र पुलिसका अनुसार गाँजा लुकाई छिपाई तस्करी गर्न राखिएको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा तीन वटा बोराभित्र प्याकेट बनाई राखिएको गाँजा फेला परेको हो। बरामद गाँजा थप प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएका सशस्त्र पुलिसले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement