प्लास्टिकमा बेरिएको अवस्थामा नवजात शिशु भेटिएपछि सनसनी

IMG-20240509-WA0169-copy

सिलगढी: सिलगढी नजिकैको शिव मन्दिर क्षेत्रमा प्लास्टिकमा बेरिएको नवजात शिशु भेटिएपछि सनसनी मच्चिएको छ। बिहीबार बिहान एउटा सुनसान ठाउँमा प्लाष्टिकको झोलाभित्र नवजात शिशु देखियो। यो खबर फैलिने बित्तिकै सम्पूर्ण क्षेत्रमा सनसनी मच्चियो। स्थानीयले पुलिसलाई खबर गरे। यसपछि मतिगढा थानाको पुलिस घटनास्थलमा पुगेर नवजात बालिकालाई उद्धार गरी उत्तर बंगाल मेडिकल कलेज र अस्पताल लगियो। अहिले बालिकाको अस्पतालमा उपचार भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement