७ अगस्तः डायमण्ड क्लब, गोरुबथानको तत्त्वावधानमा आयोजित नगद राशि इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार बुलेट इलेभेन (मीनग्लास)-ले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। मालबस्ती खेल मैदानमा भएको म्याचमा बुलेट इलेभेन-ले डीएसए मटेलीलाई १-०-ले पराजित गऱ्यो। एकमात्र गोल गर्ने विजेता टीमका देवजीत रोयलाई प्लेयर अव् द म्याच चयन गरियो। आजको म्याचमा रेफरी हेम कुमार राई थिए भने एसिस्टेण्ट रेफरीको भूमिकामा उमेश थापा र अशोक रोय थिए। यसरी नै अलोप राई फोर्थ अफिसियल थिए। अब सोमवार खेलिने म्याचमा जलपाइगढ़ी पुलिस र ब्रदर्स इलेभेन, कालचिनीबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा ८ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल १० र १२ अगस्तमा हुनेछ। यसरी नै फाइनल १६ अगस्तमा खेलिनेछ। आयोजक डायमण्ड क्लबको पक्षमा प्रतीथ परियारले बताएअनुसार, टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्राप्त हुनेछ।