एयर इ इण्डिया एक्सप्रेसका ७४ उडान दोस्रो दिन पनि रद्द, केन्द्र सरकारले माग्यो जवाफ

Flight-1

नयाँ दिल्ली: एयर इण्डिया एक्सप्रेसका कर्मचारीहरू सामूहिक हडतालमा जानुका कारण र कर्मचारीहरूलाई निलम्बन गरिएको कारण, कम्पनीले बिहीबार ९ मईमा कुल ७४ वटा घरेलु र अन्तर्राष्ट्रिय उडानहरू रद्द गर्नुपर्‍यो। कम्पनीले यसबारे यात्रुलाई पहिल्यै जानकारी गराएको थियो। मंगलबार करिब एक सय उडान रद्द भएका छन्। कम्पनीले यात्रुलाई पूर्ण फिर्ता वा वैकल्पिक एयरलाइनको विकल्प दिएको छ  यसका साथै एयरलाइन्सले परिमार्जित उडान तालिका पनि जारी गरेको छ। कम्पनीले एयरपोर्टमा जानुअघि आफ्नो उडान प्रभावित भए नभएको जाँच गर्न मानिसहरूलाई निरन्तर अपिल गरिरहेको छ। ठूलो संख्यामा उडान रद्द भएको र यात्रुलाई परेको समस्यालाई मध्यनजर गर्दै नागरिक उड्डयन मन्त्रालयले बुधबार एयर इण्डिया एक्सप्रेससँग सम्पूर्ण विषयमा प्रतिवेदन मागेको छ र कर्मचारीसँगको समस्या तत्काल समाधान गर्न एयरलाइन्सलाई भनेको छ। ‘हामीले प्रभावित यात्रुहरूलाई जतिसक्दो चाँडो आफ्नो गन्तव्यमा पुग्न सुनिश्चित गर्न समूह एयरलाइन्स लगायत वैकल्पिक उडानहरूमा यात्रा गर्ने विकल्प प्रदान गर्दैछौं’, एयरलाइनले एक विज्ञप्तिमा भन्यो। यात्रुहरूलाई उनीहरूले एयरलाइनको वेबसाइटमा ‘फ्लाइट स्टेटस’ जाँच गर्नसक्ने बताइएको छ। एयरलाइन्सका उडान रद्द भएपछि विमानस्थलमा यात्रुको भीड निकै बढेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement