एम्बुलेन्स चालकको सडक दुर्घट्नामा मृत्यु

सिलगढी: एकजना एम्बुलेन्स चालकको दुर्घटनामा परेर मृत्यु भएको घटना पछि फुलबारी इलाकामा शोकको लहर छाएको छ। मृतक एम्बुलेन्स चालकको नाम रञ्जीत राय बताइएको छ। उनी २९ वर्षमात्र पुगेका थिए।तिनी फुलबारीको पूर्व धनतला इलाका निवासी थिए। स्मरण रहोस, रञ्जीतले लगभग एक वर्ष अघिदेखि एम्बुलेन्स चलाइरहेका थिए। घटनाक्रम अनुसार हिज एकजनाको शवलाई एम्बुलेन्समा गुवाहटीबाट राजस्थान लगिरहेको थियो। यस अवधि जोटियाकाली इलाकामा रञ्जीतको एम्बुलेन्समा उक्त शवलाई स्थानान्तरित गरियो। यसपछि एम्बुलेन्समा बस्न लागीरहेको समय अचानक पछिल्तिरबाट आएको एउटा ट्रकले रञ्जीतलाई जोडले धक्का दिँदा तिनी सडकमा लडे। यसपछि स्थानीय मानिसहरूले गम्भीर घाइते अवस्थामा रञ्जीतलाई उद्धार गरेर फुलबारीको एउटा नर्सिङ होममा भर्ती गराए। आज बिहिबार बिहान तिनको मृत्यु भयो। उक्त घटना पछि इलाकामा शोकको लहर छाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement