फिल्म ‘सिकंदर’ मा रश्मिका मन्डन्ना बन्ने छिन् सलमानको हिरोइन

watch-rashmika-mandanna-makes-salman-khan-groove-to-saami-saami-fans-love-it.jpg

मुम्बई: हिन्दी फिल्म ‘एनिमल’ मा भूमिका निर्वाह गरेकी अभिनेत्री रश्मिका मन्डन्ना आगामी फिल्म ‘सिकंदर’ मा अभिनेता सलमान खानसँग देखिने भएकी छिन्। फिल्म निर्माताले बिहीबार सो जानकारी दिएका हुन्। सलमान खान फिल्म ‘सिकंदर’ मा मुख्य भूमिकामा देखिनेछन्। यसलाई एआर मुरुगादासले निर्देशन गर्नेछन्। यो फिल्म सन् २०२५ को इदको अवसरमा हलमा रिलिज हुनेछ। फिल्मलाई साजिद नाडियाडवालाको ब्यानर नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्टले निर्माण गर्नेछ।

फिल्म कहिले रिलिज हुन्छ?
निर्माण कम्पनीले इन्स्टाग्राममा एक पोस्टमा रश्मिका मन्डन्नालाई सलमान खानसँग फिल्म ‘सिकन्दर’ मा काम गर्न स्वागत गरेको बताएको छ। यो फिल्म २०२५ को ईदको दिन थिएटरमा रिलिज हुनेछ। फिल्मको बारेमा आफ्नो इन्स्टाग्राम स्टोरीमा पोस्ट गर्दै मण्डनाले फिल्म ‘सिकन्दर’ मा काम गर्न आफु उत्साहित भएको बताएकी छन्। मन्डन्ना तेलुगु फिल्म ‘चलो’, ‘गीता गोविन्दम’, ‘डियर कम्रेड’, ‘पुष्पाः द राइज’ र ‘सीथा रामम’ मा आफ्नो लोकप्रिय भूमिकाका कारण चर्चामा छिन्। रश्मिका मन्डन्नाले विकास बहलको फिल्म ‘गुडबाय’ बाट हिन्दी फिल्ममा आफ्नो यात्रा सुरु गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement