७ अगस्त: टिस्टा खेलकुद समितिको तत्त्वावधानमा आयोजित ७६औं इण्डिपेण्डेन्स डे ओपन फूटबल टुर्नामेण्ट २०२२-मा आइतवार दोस्रो राउण्डको एउटा म्याच खेलियो। स्थानीय टिस्टा खेल मैदान (टिस्टा बजार, कालेबुङ)-मा आज भएको म्याचमा टिस्टा हाई स्कूल (ए)-ले ६ माईल पोशेरलाई २-१-ले पराजित गऱ्यो। गत २५ जुलाईदेखि शुरु भएको यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अजय कार्कीले जनाएका छन्।