नयाँ दिल्ली: हरमनप्रीत सिंहले २२ मईदेखि शुरु भइरहेको एफआईएच हकी प्रो लीगको यूरोप चरणमा भारतको २४ सदस्यीय टीमको अगुवाई गर्नेछन्। भारतले यूरोप चरणमा जम्मा ८ वटा म्याच खेल्नेछ। टीमे दुई चरणको टुर्नामेण्टमा अर्जेण्टिना, बेल्जियम, जर्मनी र ग्रेट ब्रिटेनसँग २-२ वटा म्याच खेल्नेछ। पहिलो चरण २२-देखि ३० मईसम्म बेल्जियमको एण्टवर्पमा हुनेछ जबकि दोस्रो चरण लण्डनमा १-देखि १२ जूनसम्म खेलिनेछ। यो २६ जुलाईदेखि शुरु भइरहेको पेरिस ओलम्पिकको निम्ति भारतको तयारीहरूका निम्ति महत्त्वपूर्ण प्रतियोगिता हुनेछ अनि यसले मुख्य प्रशिक्षक क्रेग फुल्टोनलाई खेलहरूका महाकुम्भको निम्ति तयारी गर्ने मौका दिनेछ। अष्ट्रेलिया यात्रा पाँचवटा म्याचको सीरीज ५-०-ले हारेपछि भारतीय टीमले यस टुर्नामेण्टमा हिस्सा लिनेछ। भारत प्रो लीग टेबलमा अहिले ८ वटा म्याचमा १५ पोइण्ट्सको साथ तेस्रो स्थानमा रहेको छ। नीदरल्याण्ड १२ वटा म्याचमा २६ पोइण्टको साथ शीर्ष स्थानमा छ। यसरी दोस्रो स्थानमा रहने अष्ट्रेलियासँग ८ वटा म्याचमा २० पोइण्ट्स रहेको छ। हकी इण्डियाद्वारा जारी विज्ञप्तिमा फुल्टोनले भनेका छन्, हामी क्याम्पमा कठोर मेहनत गरिरहेका छौं अनि एकार्काको खेललाई लिएर सुझबुझ विकसित गरेका छौं। पेरिस ओलम्पिक अघि हामीलाई शीर्ष स्तरका टीमहरू विरुद्ध खेल्ने मौका प्राप्त हुनेछ। यसले हामीलाई आफ्नो खेललाई मजबूत बनाउने अवसर प्राप्त हुनेछ। यसरी कप्तान हरमनप्रीतले भनेका छन्, यूरोपमा हामी असल टीमहरू विरुद्ध खेल्नेछौं। यसले हामीलाई धेरै फाइदा हुनेछ। खेलाड़ीहरूलाई अनुभव दिन टीमको चयन गरिएको छ अनि यसले मलाई पेरिस ओलम्पिक अघि खेलाड़ीहरूलाई प्रतिस्पर्धी प्रारूपमा देख्ने मौका प्राप्त हुनेछ। मीडफिल्डर हार्दिक सिंहलाई टीमका उपकप्तान बनाइएको छ।
टीमः
गोलकीपरः पीआर श्रीजेश, कृष्ण बहादुर पाठक। डिफेण्डरः जरमनप्रीत सिंह, अमित रोहिदास, हरमनप्रीत सिंह, सुमित सञ्जय, जुगराज सिंह, विष्णुकान्त सिंह। मीडफिल्डरः विवेक सागर प्रसाद, निलाकान्ता शर्मा, मनप्रीत सिंह, शमशेर सिंह, हार्दिक सिंह, राजकुमार पाल, मोहम्मद रहील मौसीन। फरवर्डः मनदीप सिंह, अभिषेक, सुखजीत सिंह, ललित कुमार उपाध्याय, गुरजन्त सिंह, आकाशदीप सिंह, अराइजीत सिंह हुन्दल र बबी सिंह धामी
								



								

															
                    



