७ अगस्त: दुधे युथ क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप २०२२ फूटबल टुर्नामेण्टमा आइतवार दोस्रो सेमिफाइनल म्याच खेलियो। स्थानीय दुधे खेल मैदानमा आज भएको म्याचमा विंगर ब्रदर्सले एलजीएससी खप्रेललाई ६-०-ले पिट्यो। विजेता टीमबाट सिद्धान्त छेत्री एक्लैले ह्याट्रिकसहित ४ गोल गरे। यसबाहेक रुस्तम प्रधान र सुकराज राईले १-१ गोल गरे। अब १५ अगस्तको दिन खेलिने फाइनलमा विंगर ब्रदर्स र हर्के एफसी मारापुरबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा कोषाध्यक्ष विशाल शर्माले जनाएका छन्।