सनराइजर्सको रेकर्ड जीतले मुम्बई इण्डियन्स प्लेअफ्-को दौड़बाट बाहिर

IMG-20240509-WA0137.jpg

हैदराबाद: आईपीएल २०२४-को ५७औं म्याचमा सनराइजर्स हैदराबादले लखनऊ सुपर जाइण्ट्सलाई १० विकेटले सजिलैसँग पराजित गऱ्यो। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै लखनऊ सुपर जाइण्ट्सले २० ओभरमा ४ विकेट गुमाएर १६५ रन बनायो। जवाफमा सनराइजर्सले कुनै विकेट नगुमाइ ६२ बल बाँकी रहँदै १६७ रन बनाएर म्याच जित्यो। अर्थात्, सनराइजर्सले लखनऊका बलरहरूलाई चरम शास्ती दिँदै ९.४ ओभरमै म्याच जित्यो। यसमा अभिषेक शर्माले ८ वटा चौका र ६ वटा छक्काको साथ २८ बल खेलेर अविजित ७५ रन बनाए। यसरी ट्रेविस हेडले ८ वटा छक्का र ८ वटा चौकाको साथ ३० बलमा अविजित ८९ रन बनाए। अभिषेकले छक्काको साथ म्याच समाप्त गरे। यस ठूलो जीतको साथै सनराइजर्स १२ वटा म्याचा १४ पोइण्ट्सको साथ आईपीएल टेबलको तेस्रो स्थानमा पुग्यो जबकि लखनऊ सुपर जाइण्ट्स १२ पोइण्ट्सको साथ नेट रन रेटको आधारमा छैटौं स्थानमा रहेको छ। बुधवार राति सनराइजर्सले विध्वंशी मिजासमा म्याच जित्नको साथै मुम्बई इण्डियन्स जारी सीजनमा प्लेअफ्-को दौड़बाट बाहिर हुने पहिलो टीम बन्यो। हार्दिक पाण्ड्याको कप्तानीमा रहने टीमसँग १२ वटा म्याचमा ८ पोइण्ट्स रहेको छ अनि रहल दुईवटा म्याच जित्न सके पनि अधिकतम १२ पोइण्ट्स हुनेछ, जुन प्लेअफ्-मा पुग्न पर्याप्त हुनेछैन। यसबाहेक टीमको नेट रन रेट पनि दयनीय रहेको छ। बुधवार राति खेलिएको म्याचमा सनराइजर्सका ब्याटरहरूले उत्कृष्ट ब्याटिंग गर्दै केही रेकर्ड पनि बनाए।
सनाइजर्सले ९.४ ओभरमै १६६ रनको लक्ष्यलाई हासिल गऱ्यो। यसरी प्याट कमिन्सको कप्तानीमा रहने टीमले ६२ बल बाँकी रहँदै म्याच जित्यो। यो टी२० क्रिकेटमा १५० भन्दा अधिकको स्कोरलाई खेदो गर्दै सबैभन्दा कम्ती बलमा हासिल गरेको लक्ष्यको रेकर्ड हो। यसअघि बीग ब्याश लीगको २०१८-१९ सीजनमा ब्रिसबेन हीटले मेलबर्न स्टार्स विरुद्ध १५७ रनको लक्ष्यलाई ६० बल बाँकी रहँदै हासिल गरेको थियो। सनराइजर्सले ९.४ ओभरमा बनाएको १६७ रन टी२० क्रिकेटको इतिहासमा दशौं ओभरसम्म बनाइएको सर्वाधिक स्कोर हो। यसअघि यो रेकर्ड वूरसेस्टरशायरको नाममा रहेको थियो, जसले २०१८-मा नर्थाम्पटनशायर विरुद्ध १६२ रन बनाएको थियो। लखनऊका बलरहरूलाई पिट्नसम्म पिटेर सनराइजर्सले पावरप्ले (पहिलो ६ ओभर)-मै १०७ रन बनायो। यो टी२० क्रिकेटमा पहिलो ६ ओभरमा बनिएको दोस्रो सर्वाधिक स्कोर हो। यस सूचीको शीर्षमा पनि सनराइजर्स नै रहेको छ, जसले दिल्ली क्यापिटल्स विरुद्ध यसै सीजनमा पावरप्ले-मा १२५ रन बनाएको थियो। आईपीएलको जारी सीजनमा सनराइजर्सका ब्याटरहरूले जम्मा १४६ वटा छक्का लगाइसकेका छन्, जुन कुनै पनि टी२० टुर्नामेण्टमा कुनै एउटा टीमले लगाएको सर्वाधिक छक्का हो। यसअघि चेन्नई सुपर किंग्सले २०१८-मा १४५ वटा छक्का लगाएको थियो। लखनऊ सुपर जाइण्ट्स (२ विकेटमा २७ रन) र सनराइजर्स (बिना विकेट १०७ रन)-बीच पावरप्ले-को स्कोरमा ८० रनको अन्तर रह्यो। यो आईपीएल इतिहासमा दुई टीमबीच पावरप्ले-को स्कोरमा रेकर्ड अन्तर हो। यसै सीजनमा रोयल च्यालेञ्जर्स बेंगलुरु (१ विकेटमा ९२ रन) र गुजरात टाइटन्स (३ विकेटमा २३ रन)-बीच पावरप्ले-को स्कोरमा ६९ रनको अन्तर रहेको थियो। ट्रेविस हेडले केवल १६ बलमा आफ्नो अर्द्धशतक पूरा गरे, जुन सनराइजर्सको तर्फबाट आईपीएलमा संयुक्त रूपले दोस्रो सबैभन्दा तेज अर्द्धशतक हो। अभिषेक शर्माले मुम्बई इण्डियन्स विरुद्ध यसै सीजनमा १६ बलमा अर्द्धशतक बनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement